Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

मधेसमा छिट्टै कब्जा जमाउँछौँ, माओवादी पहिलो पार्टी नभइ देश बन्दैनः प्रचण्ड

मधेसमा छिट्टै कब्जा जमाउँछौँ, माओवादी पहिलो पार्टी नभइ देश बन्दैनः प्रचण्ड

  • सोमवार, भाद्र १४ २०७८

  • 862
    SHARES

  • मधेसमा छिट्टै कब्जा जमाउँछौँ, माओवादी पहिलो पार्टी नभइ देश बन्दैनः प्रचण्ड

    काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकल दाहाल प्रचण्डले आफ्नो पार्टीले मधेसमा कब्जा जमाउने दाबी गर्नुभएको छ ।

    सर्लाही–काठमाडौँ सम्पर्क समितिले राजधानीमा सोमबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भन्नुभयो, ‘मधेसमा अरु पार्टीले होइन माओवादीले कब्जा जमाउनेछ । यसले मधेस र देशमा पनि बलियो सन्देश जानेछ।’

    माओवादी फेरि एक नम्बर पार्टी नभइ देशमा राजनीतिक स्थायित्व र विकास नहुने दाबी गर्दै प्रचण्डले अभियान लिएर गाउँ–गाउँ जान कार्यकर्तालाई आग्रह पनि गर्नुभयो ।

    ‘जबसम्म माओवादी फेरि एक नम्बर पार्टी हुँदैन तबसम्म यो देशमा स्थायित्व र विकास हुँदैन,’ उहाँले भन्नुभयो, ‘दलाल, जाली फटाहाले मधेसको मसिहा बनेर कसरी जनतालाई नै चुस्छन् भन्ने अभियान लिएर जानुहोस् ।’

    सरकारलाई पूर्णता दिने विषयमा आज पनि छलफल भएको बताउँदै उहाँले भोलि पनि बसेर यसबारेमा ठोस कुरा हुने जानकारी दिनुभयो । प्रचण्डले छिट्टै प्रदेश १ को सरकार ढल्ने बताउनुभयो ।


    सोमवार, भाद्र १४ २०७८०५:५७:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij