Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

केन्द्रीय कमिटी बैठक माग गर्दै नेकपाका १५० सदस्यले बुझाए हस्ताक्षरसहितको पत्र

केन्द्रीय कमिटी बैठक माग गर्दै नेकपाका १५० सदस्यले बुझाए हस्ताक्षरसहितको पत्र

  • बुधवार, श्रावण १४ २०७७

  • 797
    SHARES

  • केन्द्रीय कमिटी बैठक माग गर्दै नेकपाका १५० सदस्यले बुझाए हस्ताक्षरसहितको पत्र

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का १५० केन्द्रीय सदस्यले केन्द्रीय कमिटी बैठक माग गर्दै पार्टी कार्यालयमा हस्ताक्षरसहितको लिखित पत्र दर्ता गरेका छन् । एक महिनाभन्दा लामो समयदेखि जारी स्थायी कमिटी बैठक कुनै निष्कर्षमा पुग्न नसकिरहेका बेला सदस्यहरुले केन्द्रीय कमिटी बैठक माग गरेका हुन् ।

    हाल देखिएको सबै विवाद र समस्याहरुको सामाधानका लागि पार्टीको बैठकमा गहन छलफल गरी विधि पद्धति बमोजिम समाधान गर्नुपर्छ भन्ने ठहरका साथ पत्र गराइएको नेताहरुले बताएका छन् । यसका लागि पार्टीको अन्तरिम विधान, २०७५ को धारा ५९ (क) ४ बमोजिम बैठक बोलाउनुपर्ने उनीहरुको माग छ ।

    यो धाराअनुसार एक चौथाई सदस्यले बैठक माग गरेपछि १५ दिनभित्र बैठक बोलाउनुपर्छ । पार्टी कार्यालयमा दर्ता गरिएको पत्रमा १५० जनाको हस्ताक्षर छ । यस्तै अन्य नेताहरुको पनि त्यसमा समर्थन रहेको बताइएको छ ।


    बुधवार, श्रावण १४ २०७७०६:१८:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij