Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

लिम्पियाधुरा–कालापानीबारे भारतलाई नेपालको जवाफः आफ्नै भूमिमा नेपालीको आवतजावत स्वाभाविक

लिम्पियाधुरा–कालापानीबारे भारतलाई नेपालको जवाफः आफ्नै भूमिमा नेपालीको आवतजावत स्वाभाविक

  • बुधवार, श्रावण १४ २०७७

  • 686
    SHARES

  • लिम्पियाधुरा–कालापानीबारे भारतलाई नेपालको जवाफः आफ्नै भूमिमा नेपालीको आवतजावत स्वाभाविक

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय, दार्चुलाले भारतको धार्चुला प्रशासनलाई जवाफ पठाएको छ । यसअघि भारतको धारर्चुला प्रशासनले लिम्पियाधुरा, लिपुलेक आफ्नो भूमि दावी गर्दै नेपालीको प्रवेश अस्वभाविक भनेको थियो ।

    लिम्पियाधुरा नेपालकै भूभाग भएकाले त्यसक्षेत्रमा नेपालीको आवतजावत स्वाभाविक रहेको व्यवहोरा सहितको पत्र मंगलबार पठाएको जानकारी दार्चुलाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) शरदकुमार पोखरेलले दिनुभयो ।

    दुई हप्ता पहिले धार्चुलाका उप–जिल्लाधिकारी अनिलकुमार शुक्लाले कालापानी, गुन्जी, लिम्पियाधुरा लगायतका क्षेत्रमा नेपालीको प्रवेश रोक्न आग्रह गरेर दार्चुलाका प्रजिअलाई पत्र लेखेका थिए ।

    भारतले पठाएको पत्रबारे प्रजिअ पोखरेलले गृह मन्त्रालयलमा रिर्पोटिङ गरिसकिएको बताउनुभयो ।


    बुधवार, श्रावण १४ २०७७०४:३९:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij