Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

भदौ ७ भित्र उद्योगहरु नवीकरण गरिसक्न विभागको आग्रह

भदौ ७ भित्र उद्योगहरु नवीकरण गरिसक्न विभागको आग्रह

अन्यथा कारबाही हुने
  • बुधवार, श्रावण १४ २०७७

  • 744
    SHARES

  • भदौ ७ भित्र उद्योगहरु नवीकरण गरिसक्न विभागको आग्रह

    काठमाडौं । उद्योग विभागले भदौ सात गतेभित्र उद्योगहरु नवीकरण गरिसक्न आग्रह गरेको छ । साउन ७ गतेबाट लकडाउन खुलेको र अतिरिक्त ३० दिन नवीकरणका लागि समय दिइएको अन्यथा जरिवाना लाग्ने विभागद्वारा जारी सूचनामा उल्लेख छ ।

    विभागको सूचनापछि उद्योग नवीकरण, पेटेन्ट, डिजाइन र ट्रेडमार्क दर्ता नवीकरण भदौ ७ गतेभित्र गरिसक्नुपर्नेछ । यस्तै आफ्नो व्यावसायिक उत्पादन वा कारोबार प्रारम्भ गर्ने म्याद थपका लागि निवेदन दिने समय पनि भदौ पहिलो सातासम्मको लागि मात्रै थप गरिएको छ ।

    तर यो सबै नवीकरण गर्ने कार्यमा विदेशी लगानीकर्ताले भने थप १ महिनाको समय पाउनेछन् । उपत्यका बाहिर सञ्चालन हुनेले पनि सबै कार्यका लागि थप १ महिनाको समय पाउने भएका छन् ।


    बुधवार, श्रावण १४ २०७७०३:११:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij