Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

सामाजिक सञ्जाललाई कानूनी दायरामा ल्याउन सुझाव

सामाजिक सञ्जाललाई कानूनी दायरामा ल्याउन सुझाव

  • शनिवार, भाद्र ५ २०७८

  • 769
    SHARES

  • सामाजिक सञ्जाललाई कानूनी दायरामा ल्याउन सुझाव

    काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सामाजिक सञ्जाललाई दर्ता गराएर राजस्व असुल्न सुझाव दिएको छ । उक्त कार्यालयले शुक्रवार ५८ औं वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै फेसबुक, भाइबर, ट्वीटर, म्यासेञ्जर, ह्वाटसएप, स्काइप, वीच्याट, टिकटकलगायतका ओटीटी सेवाप्रदायकलाई नेपालमा दर्ता गराएर राजस्व असुल गर्न भनेको हो ।

    उक्त प्रतिवेदनले इन्टरनेट सेवामार्फत यस्ता एप नेपालमा निर्वाध रुपमा सञ्चालन भइरहेकाले कानूनी दायरा भित्र ल्याउने पर्ने ठहर गरेको हो । आयकर ऐन, २०५८ को दफा ६७(६) को व्यवस्थाअनुसार तार, रेडियो, अप्टिकल फाइबर वा भू– उपग्रह जस्ता सञ्चार माध्यमबाट सूचना सम्प्रेषणको व्यवसाय सञ्चालन गर्ने व्यक्तिले नेपालमा स्थापित संयन्त्रबाट प्राप्त गरेको भुक्तानी नेपालमा स्रोत भएको मानिने व्यवस्था छ ।

    तर, इन्टरनेट सेवामार्फत इन्टरनेट टेलिफोन सेवा प्रदान गर्ने भाइबर, मेसेन्जर, स्काइप, हाटस्एप, वीच्याट तथा बैठक, गोष्ठी, सेमिनार सञ्चालन गर्ने जुम, बेभेक्स, सिस्को जस्ता एपहरू नेपालमा निर्वाध रुपमा सञ्चालन भैरहेका छन् ।

    त्यतिमात्रै नभई प्रतिवेदनले सबै किसिमका आर्थिक क्रियाकलापलाई करको दायरामा ल्याई राजस्वको आधार फराकिलो बनाउन ई–कमर्स तथा भाइबर, म्यासेन्जरलगायतका एप तथा सामाजिक सञ्जालमा हुने अनलाइन विज्ञापनलाई समेत कानूनी व्यवस्था गरी करको दायरामा ल्याउन पनि सुझाव दिएको छ ।


    शनिवार, भाद्र ५ २०७८०५:०३:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij