Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

थपिए ३,४०३ संक्रमित, ४२ जनाको गुम्यो ज्यान

थपिए ३,४०३ संक्रमित, ४२ जनाको गुम्यो ज्यान

  • बुधवार, भाद्र २ २०७८

  • 789
    SHARES

  • थपिए ३,४०३ संक्रमित, ४२ जनाको गुम्यो ज्यान

    काठमाडौँ – पछिल्लो २४ घण्टामा ३४०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८३९ पीसीआर परीक्षणमा २,६१३ र ४,९९९ एन्टिजेन परीक्षणमा ७९० जना गरी कुल ३,४०३ जनामा संक्रमण पुष्टि भएको हो।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २,१०४ जना संक्रमणमुक्त भएका छन् भने ४२ जनाको मृत्यु भएको छ।

    पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ९९३ जना संक्रमित भेटिएका छन्।

    जसमध्ये काठमाडौँमा ७११, ललितपुरमा १६० र भक्तपुरमा १२२ जना संक्रमित भेटिएका छन्।

    हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ४० हजार ३३८ रहेको छ ।


    बुधवार, भाद्र २ २०७८०५:५९:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij