Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

एमाले फुटाउन खोजे कांग्रेसलाई महँगो पर्ने केपी ओलीको चेतावनी

एमाले फुटाउन खोजे कांग्रेसलाई महँगो पर्ने केपी ओलीको चेतावनी

  • मंगलवार, भाद्र १ २०७८

  • 848
    SHARES

  • एमाले फुटाउन खोजे कांग्रेसलाई महँगो पर्ने केपी ओलीको चेतावनी

    काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दल विभाजन गर्न सरकारले ल्याएको अध्यादेश कांग्रेसका लागि महँगो पर्ने चेतावनी दिनुभएको छ ।

    एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले फुटाउन खोज्दा कांग्रेसले ठूलो मूल्य चुकाउनुपर्ने बताउनुभयो।

    गठबन्धनले ऐतिहासिक भनेको सर्वोच्च अदालतको फैसलाको समेत अध्यादेशले अवहेलना गर्ने ओलीले बताउनुभयो।

    एमालेले गलत मनाशाय र उद्देश्य राखेर ल्याइएको अध्यादेश तत्काल फिर्ता लिएर तीन दिनभित्र संसद अधिवेशन बोलाउन सरकारलाई चेतावनी दिएको एमाले नेता गोकुल बास्कोटाले बताउनुभयो।

    बैठकले विभिन्न चारवटा प्रस्ताव पारित गरेको छ ।


    मंगलवार, भाद्र १ २०७८०५:२३:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij