Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

कुलमानको नियुक्तिविरुद्ध हितेन्द्र सर्वोच्चमा

कुलमानको नियुक्तिविरुद्ध हितेन्द्र सर्वोच्चमा

  • सोमवार, श्रावण ३२ २०७८

  • 719
    SHARES

  • कुलमानको नियुक्तिविरुद्ध हितेन्द्र सर्वोच्चमा

    काठमाडौँ – पुनर्बहालीको माग गर्दै नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निार्देशकबाट सरुवा भएका हितेन्द्रदेव शाक्य सर्वोच्च अदालतमा पुग्नुभएको छ ।

    उहाँले कार्यकारी निर्देशक पदमा पुनर्बहालीको माग गर्दै सोमबार रिट निवेदन दायर गर्नुभएको हो ।

    उहाँले कुलमान घिसिङको नियुक्ति बदर गरी आफ्नो पुनर्बहालीका लागि अन्तरिम आदेश माग गर्नुभएको छ ।

    उहाँले घिसिङलाई नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय र सो निर्णयको आधारमा भएका सम्पूर्ण पत्राचार कार्यान्वयन नगराउन पनि माग गर्नुभएको छ ।

    प्रधानमन्त्री कार्यालय, ऊर्जामन्त्रालय, ऊर्जा मन्त्री, ऊर्जा सचिव तथा ऊर्जा आयोगलाई विपक्षी बनाएर रिट दायर गरिएको छ ।

    ‘मेरो सहमति बेगर मलाई विपक्षी जल तथा ऊर्जा आयोगको विज्ञ सदस्य पदमा नियुक्त गर्ने र विपक्षी कुलमान घिसिङलाई मेरो पदाधिकार नटुटेको र कायम रहेको विपक्षी प्राधिकरणको कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णयबाट मेरो उक्त पदमा रही काम गर्ने मेरो अधिकारमा आघात पुग्नगै मलाई अपुरणीय क्षति हुने भएको हुनाले मिति २०७८/०४/२५ को नेपाल सरकार मन्त्रिपरिषदको अवैधानिक निर्णय कुलमान घिसिङलाई नियुक्त गर्ने नेपाल सरकार मन्त्रिपरिषदको निर्णय र सो निर्णयको आधारमा भएका सम्पूर्ण पत्राचार कार्यान्वयन नगर्नू र मलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा काम गर्न दिनू दिलाउनू भनी श्री सर्वोच्च अदालत नियमावलीको नियम ४९ बमोजिम अन्तरीम आदेशसमेत जारी गरी पाऊ’ उहाँले दायर गरेको रिट निवदेनमा उल्लेख छ ।


    सोमवार, श्रावण ३२ २०७८०६:०४:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij