Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

आजको मौसमः केही स्थानमा भीषण वर्षाको सम्भावना

आजको मौसमः केही स्थानमा भीषण वर्षाको सम्भावना

  • आइतवार, श्रावण ३१ २०७८

  • 836
    SHARES

  • आजको मौसमः केही स्थानमा भीषण वर्षाको सम्भावना

    काठमाडौं । मौसम पूर्वानुमान विभागका अनुसार आज प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ।

    मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहेकाले आइतबार बिहान देशको अधिकांश स्थानमा मौसम बदली रहेको छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशमा केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    दिउँसो पनि देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ।

    राति देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भने मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेको छ।

     


    आइतवार, श्रावण ३१ २०७८०७:१२:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij