Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

मौद्रीक नीतिप्रति अर्थविद्हरु सकारात्मक, राजनीतिक साथ मुख्य चुनौती

मौद्रीक नीतिप्रति अर्थविद्हरु सकारात्मक, राजनीतिक साथ मुख्य चुनौती

  • शनिवार, श्रावण ३० २०७८

  • 1.2K
    SHARES

  • मौद्रीक नीतिप्रति अर्थविद्हरु सकारात्मक, राजनीतिक साथ मुख्य चुनौती

    काठमाडौं । नेपाल राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको मौद्रीक नीतिप्रति अर्थविद्हरुले सकारात्मक प्रतिक्रिया दिएका छन् । पूर्व अर्थसचिव डा. विमल कोइरालाले मौद्रीक नीतिले ठिकै बाटो लिएको धारणा राख्नुभयो ।

    उहाँले मौद्रीक नीति जतिसुकै राम्रो भएपनि राजनीतिक अवस्था राम्रो भएन भने काम नलाग्ने भएकाले राजनीतिक नेतृत्वले ग्रहण गर्नुपर्नेमा जोड दिनुभयो ।

    “राजनीतिले धेरै कुरालाई प्रत्यक्ष प्रभावित पार्दछ, त्यसमा पनि अर्थतन्त्रलाई त झन धेरै असर पार्दछ, त्यसैले सुरुमा राजनीति नै सुधार हुन आवश्यक छ,” कोइरालाले नेपाली नेटवर्कसँग भन्नुभयो ।

    पूर्व मुख्य सचिव समेत रहनु भएका कोइरालाले राष्ट्र बैंकले बनाएको नीति कार्यान्वयनका लागि सवैले साथ दिनुपर्नेमा जोड दिनुभयो ।

    त्यसैगरी राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले पनि व्यवसायीक पुनर्उत्थानलाई प्राथमिकता दिएर मौद्रीक नीतिले सही बाटो समातेको बताउनुभयो ।

    मुल्य बृद्धिको दर भने अपत्यारिलो उल्लेख गरिएको उहाँले टिप्पणी गर्नुभयो । राष्ट्र बैंकले उल्लेख गरेकोभन्दा धेरै मुख्य बृद्धि व्यवहार र बजारमा देखिएको उहाँको भनाई थियो ।


    शनिवार, श्रावण ३० २०७८१०:०८:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij