Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

सेती नदी जलविद्युत आयोजनाको इलेक्ट्रोमेकानिकल सामान उपलब्ध गराउन सम्झौता

सेती नदी जलविद्युत आयोजनाको इलेक्ट्रोमेकानिकल सामान उपलब्ध गराउन सम्झौता

  • बुधवार, श्रावण २७ २०७८

  • 688
    SHARES

  • सेती नदी जलविद्युत आयोजनाको इलेक्ट्रोमेकानिकल सामान उपलब्ध गराउन सम्झौता

    काठमाडौँ – कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजनाका लागि अष्ट्रियन कम्पनी ग्लोबल हाइड्रोले इलेक्ट्रोमेकानिकल तर्फका सामानहरु उपलब्ध गराउने भएको छ।

    परियोजनाको प्रवर्द्धक कम्पनी भिजन लुम्बिनी ऊर्जा विकास कम्पनी र अष्ट्रियन कम्पनी ग्लोबल हाइड्रोबीच यस सम्बन्धमा बुधबार सम्झौता भएको छ।

    सम्झौता पत्रमा भिजन लुम्बिनी ऊर्जा विकास कम्पनीका कार्यकारी अधिकृत जगतबहादुर पोखरेल र ग्लोबल हाइड्रोका तर्फबाट टेकचन्द्र सेरातवले हस्ताक्षर गर्नुभएको छ ।

    भिजन लुम्बिनी ऊर्जाका वरिष्ठ सल्लाहकार गणेशबहादुर श्रेष्ठ, नेगोसियसन समिति सदस्य रामगोपाल खर्बुजा, सन्तोष कुमार प्रधान, बासुदेव अधिकारी, मनोहर श्रेष्ठ तथा ग्लोेबल हाइड्रोका तर्फबाट एवल्द कार्ल (एमडि) टेकचन्द्र सेरावत लगायतको उपस्थिति थियो ।

    उक्त परियोजनाका लागि एनएमबी बैंकले रु दुई अर्ब २० करोड, कर्मचारी सञ्चय कोषले रु ८० करोड र कृषि विकास बैंकले रु ५० करोड गरी कूल रु तीन अर्ब ५० करोड लगानी गर्दैछन् ।

    आयोजनाको कूल लागत मध्ये ७० प्रतिशतले हुन आउने रकम बैंक तथा वित्तीय संस्थाबाट जुटाइएको छ भने बाँकी ३० प्रतिशत (एक अर्ब ५० करोड) रकम प्रवद्र्धकका तर्फबाट लगानी गरिनेछ । आयोजनाको कूल लागत रु पाँच अर्ब छ । 


    बुधवार, श्रावण २७ २०७८०५:५३:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij