Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

कृषि विकास बैंकले गर्यो कीर्तिपुरमा एक्सटेन्सन काउन्टरको शुभारम्भ

कृषि विकास बैंकले गर्यो कीर्तिपुरमा एक्सटेन्सन काउन्टरको शुभारम्भ

  • सोमवार, श्रावण २५ २०७८

  • 744
    SHARES

  • कृषि विकास बैंकले गर्यो कीर्तिपुरमा एक्सटेन्सन काउन्टरको शुभारम्भ

    काठमाडौं – कृषि विकास बैंक लिमिटेडले जिल्लाको कीर्तिपुर नगरपालिकामा एक्सटेन्सन काउन्टरको शुभारम्भ गरेको छ । आज कीर्तिपुर नगरपालिका परिसरमा आयोजित कार्यक्रममा कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले औपचारिक उद्घाटन गर्नुभयो ।

    उद्घाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय विशिष्ट अतिथिको रुपमा रहनु भएको थियो । साथै, प्रबन्धक मीना लेखक बोहराले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।

    उद्घाटन समारोहमा नगर प्रमुख महर्जनले बैंकले उपलव्ध गराउने सेवाहरुले स्थानीय जनताको आर्थिक तथा सामाजिक स्थीति सक्षम÷सवल बनाउनमा विशेष महत्व खेलेको र आगामी दिनमा स्थानीयबासीहरुको मन छुनेगरी अझ बढी प्रभावकारी सेवा उपलव्ध गराइ जीवनस्तर उकास्नमा मद्दत पुर्याओस्् भन्दै शुभकामना व्यक्त गर्नुभयो ।

    नगरपालिका परिसरमा एक्सटेन्सन काउण्टरको स्थापना गरी राजश्व संकलन कार्य तथा बैंकिङ्क सेवा जस्तो महत्वपूर्णकार्यको थालनी गरेको र परिसरमा बगैचाको निर्माण कार्य गरेकोमा कृषि विकास बैंक परिवारलाई धन्यवाद पनि दिनुभयो ।

    उक्त नगरपालिका परिसरमा राखिउकोे एटिएम मेसिनको शुभारम्भ, ढुंगेधारासहितको बगैंचा उदघाटन समेत नगर प्रमुख महर्जन र प्रमुख कार्यकारी अधिकृत उपाध्यायले संयुक्त रुपमा गर्नुभएको थियो ।

    उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले बैंकले उपलव्ध गराएका सेवाहरुको पूर्ण उपभोग गर्न आग्रह गर्दै बैंकले भविष्यमा थप सेवाहरु संचालन गर्ने सेमत बताउनुभयो ।

    त्यसैगरी नगरपालिका उप–प्रमुख सरस्वती रिजालले शुभकामना मन्तव्य व्यक्त गर्दै नगरपालिका परिसरभित्र बैकले राखी दिएको एक्सटेन्सन काउण्टरले राजश्व संकलन तथा बैंकिङ्ग कारोबार महत्वपूर्ण सेवा उपलब्ध गराउने उल्लेख गर्नुभयो ।

    उद्घाटन कार्यक्रममा बैंकका उपमहाप्रबन्धक प्रताप सुवदी, यज्ञप्रकाश न्यौपाने, कृषि विकास बैंक बागमती प्रदेश प्रमुख सुन्दर खतिवडा, विभागीय प्रमुख गिरिधारी पौडेल, बैंकका प्रवक्ता तथा कम्पनी सचिव हिमलाल पौडेल, शाखा प्रमुख ध्रुब पौडेल तथा कीर्तिपुर शाखाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

    उक्त कार्यक्रमको सञ्चालन कृषि विकास बैंकका शाखा प्रमुख विनोद कोइरालाले गर्नुभएको थियो ।

     


    सोमवार, श्रावण २५ २०७८०४:२९:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij