Sep 03 2026 | २०८३, भाद्र १८ गते

२०८३, भाद्र १८ गते
images

कक्षा १२ को परीक्षा स्थगित, १५ दिनअघि सूचना दिएर अर्को मिति तोकिने

कक्षा १२ को परीक्षा स्थगित, १५ दिनअघि सूचना दिएर अर्को मिति तोकिने

  • शनिवार, श्रावण २३ २०७८

  • 888
    SHARES

  • कक्षा १२ को परीक्षा स्थगित, १५ दिनअघि सूचना दिएर अर्को मिति तोकिने

    काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को निर्धारित परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । परीक्षा हुनुभन्दा १५ दिनअघि सूचना दिएर अर्को मिति तोकिने राष्ट्रिय परीक्षा बोर्डलाई उदृत गर्दै त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।

    ‘अब परीक्षा हुनुभन्दा १५ दिनअगाडि सूचना दिएर अर्को मिति तोकिनेछ’, टियु नोटिसमा लेखिएको छ ।

    यसअघि शुक्रवार स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले बढ्दो कोरोना भाइरस सङ्क्रमणबीच परीक्षा स्थगनका लागि शिक्षा मन्त्रालय तथा कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको जनाउनुभएको थियो ।

    राष्ट्रिय परीक्षा बोर्डले यही साउन ३१ गतेदेखि परीक्षा हुने गरी तालिका सार्वजनिक गरेको थियो ।

    तर कोभिड महामारीबीच भौतिक उपस्थितिसहित परीक्षा सञ्चालन गराउने बोर्डको निर्णयप्रति धेरैले असन्तुष्टि जनाउँदै आएका थिए ।

    Capture.PNG

     

     


    शनिवार, श्रावण २३ २०७८०३:१२:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij