काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। बाढी, पहिरोको प्रकोपमा परेकाहरुलाई उद्धारमा खटिनुपर्ने भन्दै एक साता स्थगित बैठक आज बोलाइएको थियो।
बिहान एघार बजे बोलाइएको बैठक फेरि स्थगित भएको हो । एक स्थायी कमिटी सदस्यका अनुसार, अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ। पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि नेकपा स्थायी कमिटी बैठक लगातार स्थगित हुँदै आएको छ।
एक महिनाभन्दा अगाडी शुरु भएको बैठक अहिलेसम्म १० पटक स्थगित भइसकेको छ । गएको १७ असार देखि बस्न नसकेको बैठक ६ साउनदेखि एक साताका लागि स्थगित गरिएको थियो। तर, थप छलफलको आवश्यकता रहेको भन्दै बैठक स्थगित गरिएको छ।