Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

कुलमानलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाउन प्रधानमन्त्री देउवाको निर्देशन

कुलमानलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाउन प्रधानमन्त्री देउवाको निर्देशन

  • मंगलवार, श्रावण १९ २०७८

  • 1.0K
    SHARES

  • कुलमानलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाउन प्रधानमन्त्री देउवाको निर्देशन

    काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने प्रक्रिया अगाडि बढाउन ऊर्जा मन्त्री पम्फा भुसाललाई निर्देशन दिनुभएको छ ।

    प्रधानमन्त्री देउवाले प्राधिकरणको सुधार र जनताको चाहनाअनुसार घिसिङलाई जिम्मेवारी दिने प्रक्रिया थाल्न मन्त्री भुसाललाई निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो।

    प्रधानमन्त्रीको निर्देशनपछि ऊर्जामन्त्री भुसालले वर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेको बताइएको छ ।

    यसअघि ४ वर्ष विद्युत प्राधिकरणको बागडोर सम्हालेका कुलमानले दैनिक ६ घण्टा पनि नआउने बिजुलीमा उल्लेख्य सुधार गरी लोडसेडिङ अन्त्य गर्नुभएको थियो ।

    गत भदौ २८ मा कार्यकाल सकिएपछि उहाँलाई नै दोहोर्‍याउन आवाजहरू उठेका थिए । तर ओली सरकारले उक्त आवाजलाई लत्याएको थियो।


    मंगलवार, श्रावण १९ २०७८०५:४६:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij