Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

'सुरक्षाबाहेक अन्य सेवा–सुविधा राज्यबाट लिन्न' (२३ बुँदे कार्ययोजनासहित)

'सुरक्षाबाहेक अन्य सेवा–सुविधा राज्यबाट लिन्न' (२३ बुँदे कार्ययोजनासहित)

  • सोमवार, श्रावण १८ २०७८

  • 516
    SHARES

  • 'सुरक्षाबाहेक अन्य सेवा–सुविधा राज्यबाट लिन्न'  (२३ बुँदे कार्ययोजनासहित)

    काठमाडौं – स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले राज्यबाट सुरक्षाकर्मीबाहेक आफूले राज्यबाट पाउने कुनैपनि सेवा सुविधा नलिने घोषणा गर्नुभएको छ । पदभार सम्हालेको १० औं दिनमा आगामी १०० दिनको कार्ययोजना प्रस्तुत गर्दै राज्यमन्त्री श्रेष्ठले यस्तो घोषणा गर्नुभएको हो ।

    umesh shrestha21627887292.jpg

    राज्यमन्त्री श्रेष्ठले सुरक्षाकर्मीबाहेक आवास, गाडी र तलबभत्ता नलिने बताउनुभएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित कार्यक्रममा उहाँले आफ्ना २३ बुँदे कार्ययोजना सार्वजनिकसमेत सार्वजनिक गर्नुभएको छ ।

    राज्यमन्त्री श्रेष्ठले सार्वजनिक गर्नुभएकोे ’सार्वजनिक स्वास्थ्य र महामारी नियन्त्रणबारे नीतिगत प्रतिवद्धता र कार्ययोजना’मा आगामी माघभित्र ५ करोड २२ लाख खोप प्राप्त हुने उल्लेख छ ।

    उहाँले सम्पूर्ण नेपाली नागरिकलाई चैत मसान्तसम्म खोप लगाइसक्ने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रतिवद्धतालाई साकार बनाइ नेपाली जनताको जीवन रक्षा गर्नु आफ्नो सर्वोच्च प्राथमिकता भएको पनि बताउनुभयो ।

    साथै, उहाँले मन्त्री पदमा रहुञ्जेल आफू संग्लग्न रहेको व्यावसायिक संस्थाबाट अलग रहँदै स्वार्थ नबाँझिने कुनै पनि काम नगर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ ।

     

    यस्तो छ राज्यमन्त्री श्रेष्ठले सार्वजनिक गर्नुभएको २३ बुँदे कार्ययोजना :

    umesh karyayojana.jpg2.jpg3.jpg4.jpg

     

     


    सोमवार, श्रावण १८ २०७८१२:५८:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij