Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

त्रिविमा अब ‘सुशासन तथा भ्रष्टाचार निवारण’ विषय पढाइ हुने

त्रिविमा अब ‘सुशासन तथा भ्रष्टाचार निवारण’ विषय पढाइ हुने

  • बिहिवार, श्रावण १४ २०७८

  • 830
    SHARES

  • त्रिविमा अब ‘सुशासन तथा भ्रष्टाचार निवारण’ विषय पढाइ हुने

    काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यसै आर्थिक वर्षबाट ’सुशासन तथा भ्रष्टाचार निवारण’ विषयको अध्यापन गराउने भएको छ ।

    मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत स्नातकोत्तर तहमा अब सो विषय पढ्न पाइने त्रिविले आज जानकारी दिएको छ ।

    ’सुशासन तथा भ्रष्टाचार निवारण’ विषयका अध्यापन गरराउने आफू विश्वमै नेपालको पहिलो विश्वविद्यालय रहेको त्रिविले जनाएको छ ।

    ‘त्रिभुवन विश्वविद्यालयले मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत स्नातकोत्तर तहमा यसै आर्थिक वर्षबाट ’सुशासन तथा भ्रष्टाचार निवारण’ विषयको अध्यापन गराउने भएको छ’, सामाजिक सञ्जालमा त्रिविले सूचना जारी गर्दै भनेको छ, ‘सो विषयमा पढाइ हुने विश्वमै नेपालको त्रिवि पहिलो हो ।’

    Capture.PNG


    बिहिवार, श्रावण १४ २०७८०३:५३:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij