Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

दुईसय भन्दा बढी स्थानीय सरकारले अझै ल्याएनन् बजेट

दुईसय भन्दा बढी स्थानीय सरकारले अझै ल्याएनन् बजेट

  • सोमवार, श्रावण १२ २०७७

  • 1.0K
    SHARES

  • दुईसय भन्दा बढी स्थानीय सरकारले अझै ल्याएनन् बजेट

    काठमाडौं । चालु आर्थिक वर्षको बजेट कार्यान्वयन शुरु भएको आज १२ औं दिन बितिसक्दा पनि २ सय भन्दा बढी स्थानीय सरकारले अझै बजेट ल्याएका छैनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको अद्यावधिक तथ्यांकअनुसार हिजोसम्म देशभरका ५ सय ५२ वटा स्थानीय तहको मात्र बजेट पेश भएको छ ।

    यो तथ्यांक मन्त्रालयको पोर्टलमार्फत सम्बन्धित स्थानीय तहले प्रविष्ट गरेको विवरणमा आधारित भएर बनाईएको मन्त्रालयले जनाएको छ । हिजोसम्म अझै २ सय १ स्थानीय तहमा बजेट आएको छैन । मन्त्रालयको तथ्यांक अनुसार प्रदेश ५ मा रहेका स्थानीय तहमध्ये ९१ प्रतिशत स्थानीय तहले बजेट ल्याइसकेका छन् । अब ९ प्रतिशत मात्र स्थानीय तहमा बजेट आउन बाँकी छ ।

    तर, प्रदेश २ मा भने आधा भन्दा बढी स्थानीय तहले बजेट ल्याउन सकेका छैनन् । प्रदेश २ मा कुल १३६ स्थानीयमध्ये मात्र ५८ स्थानीय सरकारको बजेट आएको छ । ७८ स्थानीय तहमा बजेट आउन सकेको छैन ।

    प्रदेश एकमा कूल १३७ स्थानीय तहमध्ये १०७ ले बजेट ल्याएका छन्, वागमती प्रदेशमा ११९ मध्ये ९५ स्थानीय सरकार बजेट ल्याउन सफल भएका छन् । यस्तै, गण्डकी प्रदेशमा कूल ८५ मध्ये ६७ स्थानीय सरकारले मात्र बजेट ल्याएका छन् भने कर्णालीका ७९ मध्ये ६६ र सुदूरपश्चिम प्रदेशमा कूल ८८ मध्ये ६० स्थानीय तहले मात्र बजेट ल्याएका छन् ।


    सोमवार, श्रावण १२ २०७७०३:०१:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij