Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

जसपामा फेरि अर्को विवाद सुरु, दुवै पक्षको आ-आफ्नै दावी

जसपामा फेरि अर्को विवाद सुरु, दुवै पक्षको आ-आफ्नै दावी

  • मंगलवार, श्रावण १२ २०७८

  • 1.4K
    SHARES

  • जसपामा फेरि अर्को विवाद सुरु, दुवै पक्षको आ-आफ्नै दावी

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) भित्र फेरि अर्को विवाद सुरु भएको छ । अल्पमनमा परेका जसपाका नेताहरुको सांसद पद खारेज हुन्छ की हुदैन भन्ने बारेमा पार्टी भित्र विवाद सुरु भएको हो ।एकपछि अर्को विवादमा मुछिदै आएको जसपाका नेताहरुले आ आफ्नै दावी गरेपछि यो विवाद पनि निर्वाचन आयोग वा अदालतसम्म पुग्ने देखिएको छ ।

    निर्वाचन आयोगले अधिकारीकता दिएको उपेन्द्र यादव पक्षले आधिकारीकता नपाएको महन्थ ठाकुर पक्षका नेताहरुको सांसद पद खारेज हुने दावी गरेका छन् । यसअघि जसपाको नेता भएकाले सांसद भएकाहरु अव जसपाबाट बाहिरिएपछि उनीहरुको सांसद पद स्वतः खारेज हुने यादव पक्षेको तर्क छ ।

    दल त्याग सम्वन्धी कानुनमा कुनै पनि सांसद सम्वन्धीत दलको सदस्य नरहेमा सांसद पद खारेज हुने व्यवस्था रहेकाले ठाकुर पक्षका नेताहरु अव पार्टीमा नरहेकाले उनीहरुको सांसद पद खारेज हुने यादव पक्षका नेता राजेन्द्र श्रेष्ठले बताउनुभयो ।

    उहाँले माओवादी पार्टी परित्याग गरेका केही नेताहरुको सांसद पद खारेज भएजस्तैगरी ठाकुर पक्षका नेताहरुको सांसद पद पनि खारेज हुने उहाँले तर्क गर्नुभयो ।

    तर जसपाकै ठाकुर पक्षका नेताहरुले भने निर्वाचन आयोगले आफुहरुलाई छुट्टै दल दर्ता गर्न सक्ने निर्णय सुनाएकाले आफुसँग भएका सांसद तथा नेताहरुले नै नयाँ दल दर्ता गर्ने भएकाले सांसद पद खारेज नहुने दावी गरेको छ ।

    पुरानो पार्टी त्याग गरेर नयाँ पार्टी खोल्नु परेको नभई भइरहेको पार्टीबाट नै भाडबण्डा भएकाले नेता तथा सांसदहरु त्यही हैसियतमा रहने ठाकुर पक्षका नेता लक्ष्मणलाल कर्णले बताउनुभयो ।

    उहाँले निर्वाचन आयोगले नै आफुहरुलाई यही हैसियतमा छुट्टीन दिएकाले आफुहरुको सांसद पद खारेज नहुने निकिर गर्नुभयो ।
    यस विषयमा कुनै निर्णय नसुनाएको निर्वाचन आयोगले यो विषय संसद सचिवालयको क्षेत्राधिकार भित्र पर्ने बताएको छ ।


    मंगलवार, श्रावण १२ २०७८०९:१६:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij