काठमाडौं – नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त हुनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिशमा राष्ट्रपति कार्यालयले श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेको हो ।
राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले आज विज्ञप्ति जारी गर्दै श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त हुनुभएको पुष्टि गर्नुभएको छ ।
हात्तीवनस्थित लिटिल एन्जल्स स्कूलका सञ्चालकसमेत रहेका सांसद श्रेष्ठ प्याब्सन र उच्च माध्यमिक विद्यालयहरूको संगठन (हिसान) का संस्थापक अध्यक्षसमेत हुनुहुन्छ ।
भोजपुर घर भएका श्रेष्ठको थुप्रै व्यवसायिक क्षेत्रमा लगानीसमेत छ । दोस्रो संविधानसभामा उहाँ २६ मनोनित सभासद्मा पर्नुभएको छ ।
श्रेष्ठ हाल संघीय संसद्मा नेपाली कांग्रेसबाट समानुपातिकतर्फका सांसद हुनुहुन्छ ।
