Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

कोरोनाले रोकिएका परीक्षा आजदेखि सुरु

कोरोनाले रोकिएका परीक्षा आजदेखि सुरु

  • आइतवार, श्रावण १० २०७८

  • 582
    SHARES

  • कोरोनाले रोकिएका परीक्षा आजदेखि सुरु

    काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि)का रोकिएका परीक्षा आजदेखि सुरु भएका छन् । स्नातक तहको पहिलो वर्षको वार्षिक परीक्षा आजदेखि सुरु भएको हो ।

    त्यस्तै, सोमबारदेखि व्यवस्थापनको परीक्षा सुरु हुँदैछ ।

    कोरोना भाइरस महामारीका कारण झण्डै दुई वर्षमा पहिलो वर्षको परीक्षा दिन पाएका विद्यार्थीलाई परीक्षापूर्वको व्यवस्थापन सहज नहुँदा समस्या भएको छ ।

    कोरोनाका कारण धेरै विद्यार्थी संख्या भएका विषयमा परीक्षा नियन्त्रण कार्यालयले पहिलोपटक अनलाइन प्रणालीबाट परीक्षा फारम भरेको थियो । तर प्रवेश पत्र र विषय नमिलेका कारण समस्या भोग्नुपरेको विद्यार्थीको गुनासो छ ।

    परीक्षा नियन्त्रण कार्यालयले सूचना निकालेर नयाँ प्रविधिबाट परीक्षाका प्रक्रिया सञ्चालन गर्दा केही प्राविधिक कठिनाइ आएको जनाएको छ ।

     


    आइतवार, श्रावण १० २०७८०१:१४:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij