Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

पाल्पाली संगमको अमेरिका कमिटी गठन, अध्यक्षमा भट्टराई

पाल्पाली संगमको अमेरिका कमिटी गठन, अध्यक्षमा भट्टराई

  • बिहिवार, श्रावण ७ २०७८

  • 1.1K
    SHARES

  • पाल्पाली संगमको अमेरिका कमिटी गठन, अध्यक्षमा भट्टराई

    काठमाडौं – पाल्पाली संगमको अमेरिकामा कमिटी गठन भएको छ । महेश भट्टराईको अध्यक्षतामा कमिटी गठन भएको हो ।

    अमेरिकामा रहेका पाल्पालीहरुको पटक–पटकको भर्चुअल बैठक र छलफलपछि यो कमिटी गठन भएको अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।

    विगत लामो समयदेखि विभिन्न सामाजिक अभियानमा सक्रिय रहेकाले साथीहरुले आफूलाई अध्यक्षमा चुचेको उहाँको भनाइ छ ।

    त्यस्तै, कमिटीको वरिष्ठ उपाध्यक्षमा धर्म आचार्य (फ्लोरिडा), उपाध्यक्षमा डा.सन्दीप पाण्डे (टेक्सास), महासचिवमा परशु नेपाल (भर्जिनिया), सचिव सागर घिमिरे (मेरिल्याण्ड) र कोषाध्यक्षमा जितेन्द्र राणा (इलोनोई) छन् ।

    1626922952-HPltR.jpg

    कमिटीका सदस्यहरुमा अमृत भट्टराई (मिचिगन), लक्ष्मण नेपाल (क्यालिफोर्निया), रश्मि भट्टराई (भर्जिनिया), मिना जिसी (मेरिल्याण्ड), मधु नेपाल (फ्लोरिडा), मन्जु कार्की (फ्लोरिडा), डिल्ली भुसाल (क्यालिफोर्निया) रहेका छन्।

    साथै, बैठकले डा. रुद्र अर्याल र जगदीश काफ्लेलाई सल्लाहकार राख्ने पनि निर्णय गरेको छ ।

    संगमका अन्तराष्ट्रिय संयोजक सतीश चापागाईँले अमेरिकामा कमिटी गठन भएकोमा खुशी ब्यक्त गर्दै अरु देशमा पनि यो प्रक्रिया र छलफल चलिरहेको बताउनुभयो ।

    पाल्पाली संगमका केन्द्रिय अध्यक्ष पदम न्यौपानेले संसारभरका पाल्पालीलाई यसैगरी एक गरेर पाल्पाको एकीकृत र दिगो विकासमा सबै पाल्पालीको सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।

    पाल्पाली संगम अमेरिकाल पाल्पामा १६ लाख रुपैयाँ बराबरको कोभिडसम्बन्धि मेडिकल सामग्री पठाएको छ ।

     


    बिहिवार, श्रावण ७ २०७८०३:३३:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij