Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

देउवा र प्रचण्डबीच भयो यस्तो सहमति !

देउवा र प्रचण्डबीच भयो यस्तो सहमति !

  • मंगलवार, श्रावण ५ २०७८

  • 2.1K
    SHARES

  • देउवा र प्रचण्डबीच भयो यस्तो सहमति !

    काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच साझा कार्यक्रम बनाएर सरकार सञ्चालन गर्नेबारेमा छलफल भएको छ । साथै, उनीहरुबीच केपी शर्मा ओली नेतृत्वको सरकारले असंवैधानिक ढंगले गरेका सबै नियुक्तिहरु खारेज गर्ने सहमति भएको छ ।

    आज बालुवाटारमा प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच भएको छलफलमा यस्तो सहमति भएको बालुवाटार निकट स्रोतले जनाएको छ ।
    ‘सहमतिका आधारमा चल्नुपर्छ भन्नेमा दुवै नेता सकारात्मक हुनुभएको बुझिएको छ’, स्रोतले भन्यो ।

    यसअघि आजै बिहान अध्यक्ष प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र यादव एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटेर सरकार सञ्चालनका बारेमा छलफल भएको थियो । उनीहरुसँग पनि यसै विषयमा छलफल भएको बताइएको छ ।


    मंगलवार, श्रावण ५ २०७८१२:४१:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij