Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

देउवा सरकारको सफलताका निम्ति काम गर्ने पौडेल पक्षको निष्कर्ष

देउवा सरकारको सफलताका निम्ति काम गर्ने पौडेल पक्षको निष्कर्ष

  • सोमवार, श्रावण ४ २०७८

  • 1.3K
    SHARES

  • देउवा सरकारको सफलताका निम्ति काम गर्ने पौडेल पक्षको निष्कर्ष

    काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको सफलताका निम्ति काम गर्ने निष्कर्ष निकालेको छ ।

    महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा बसेको बैठकले समसामयिक राजनीतिक घटना क्रमको विश्लेषण गर्दै यस्तो निष्कर्ष निकालेको हो ।

    छलफलपछि कांग्रेस नेता अर्जुननरसिंह केसीले भन्नुभयो, ‘नयाँ सरकार निर्माणको स्थिति जसरी निर्माण भयो । संविधान, संवैधानिक संस्था र लोकतन्त्रमाथि नै एकपछि अर्को प्रहारको स्थितिमा जोगाउनुपर्ने जिम्मा घुमीफिरी काँग्रेसको काँधमा आयो । राष्ट्रिय संकटको समाधान नेपाली काँग्रेसले नै गर्छ भन्ने परिस्थिति निर्माण भयो ।’

    कांग्रेसका लागि यो अवसरको पहाडसँग चुनौतीको महासागर पनि भएको केसीको भनाइ छ ।

    उहाँले भन्नुभयो, ‘यसलाई अत्यन्त बुझेर संयमित भएर गठबन्धनसँगको सम्पूर्ण सहमति र पार्टीभित्र पनि सहमतिको स्थिति निर्माण गरेर सरकारको सफलताको निम्ति हामीले काम गर्ने हो । किनभने यो सिंगो लोकतन्त्र र नेपाली काँग्रेससँग जोडिएको छ । हामी त्यसमा केन्द्रित हौं भन्नेबारे छलफल भएको छ ।’

    बैठकले प्रधानमन्त्री देउवाको भूमिकाको धैर्यतापूर्वक प्रतिक्षा गर्नुपर्ने पनि निष्कर्ष निकालेको छ ।


    सोमवार, श्रावण ४ २०७८०६:१४:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij