काठमाडौँ । सिन्धुलीको मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनले तीन तहका सरकारबीचको तालमेल नमिल्दा समस्या उत्पन्न भएको बताउनुभएको छ । संविधान प्रदत्त अधिकार कार्यान्वयनमा भन्दा एक अर्काविरुद्ध दोषारोपन मात्र भइरहेको उहाँले बताउनुभयो ।
‘तीन तहको सरकारबीच असाध्यै समस्या छ । संविधान र संघीयता कार्यान्वयनमा प्रमुख भूमिका संघ सरकारकै हुन्छ’, नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘स्थानीय सरकार’मा उहाँले भन्नुभयो, ‘संविधानलाई कार्यान्वय गर्ने, जनतालाई स्वाधीन र सार्वभौम बनाउनका निम्ती आजसम्म संघीय ऐन–कानून बनेका छैनन् ।’
अध्यक्ष बम्जनले संघीय सरकारको सोच र चिन्तनमा नै समस्या रहेको बताउनुभयो । संविधान प्रदत्त स्थानीय तहकारलाई समेत केन्द्र सरकारले ढाकछोप गर्ने गरेको उहाँको आरोप छ ।
कार्यक्रममा अध्यक्ष बम्जनसँग गरिएको कुराकानी सुन्नुहोस्