Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

डीभी परेको प्रलोभनमा पारी युवा ठग्ने दुई युवती पक्राउ

डीभी परेको प्रलोभनमा पारी युवा ठग्ने दुई युवती पक्राउ

  • आइतवार, श्रावण ११ २०७७

  • 1.9K
    SHARES

  • डीभी परेको प्रलोभनमा पारी युवा ठग्ने दुई युवती पक्राउ

    काठमाडौं । अमेरिकाको डीभी परेको भन्दै ठगी गरेको अभियोगमा दुईजना महिला पक्राउ परेका छन् । डीभी परेको भनेर अमेरिका लैजाने प्रलोभनमा पारी युवकलाई ठगी गरेको आरोपमा बाग्लुङकी १९ वर्षीया अमिसा केसी र २७ वर्षीया कोपिला शर्मा पक्राउ परेका हुन् ।

    उनीहरुलाई महानगरीय अपराध अनुसन्धान महाशाखा, बानेश्वरले पक्राउ गरेको हो । फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जालबाट युवालाई फलो गरेर प्रलोभन देखाइ उनीहरुले ६ लाख ६० हजार रुपैयाँ ठगी गरेको उजुरी परेपछि पक्राउ गरिएको महाशाखाका एसपी ईश्वर कार्कीले बताउनुभयो । ठगी गरेर लुकिछिपी बसेको अवस्थामा उनीहरुलाई बुटवलबाट पक्राउ गरिएको हो ।

    प्रहरीका अनुसार उनीहरुले डीभी परे पनि लकडाउनका कारण नेपाल बस्दै आएको बताउने गरेका थिए । नेपालमा डिपार्टमेन्टल स्टोर सञ्चालन गर्ने र त्यसका लागि पैसा आवश्यक परेको बताएर उनीहरुले पैसा लिने गरेको पाइएको छ ।


    आइतवार, श्रावण ११ २०७७०४:४२:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij