काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्ने हुनुभएको छ । उहाँले बालुवाटार छोड्नुअघि आज दिउँसो २ बजे देशवासीका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
यसैबीच, आज बस्ने भनिएको नेकपा (एमाले)को स्थायी कमिटी बैठक पनि स्थगित भएको छ । आज अपरान्ह १ बजेका लागि तय भएको बैठक स्थगित भएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
सर्वोच्च अदातलको सोमबारको फैसलाले प्रतिनिधिसभा पुनःस्थापना गर्दै मंगलबार अपराह्नसम्म शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश जारी गरको थियो । देउवाले आज साँझ सपथ खाने कार्यक्रम छ ।
प्रधानमन्त्री ओलीको सम्बोधन यसै विषमा केन्द्रीत हुने स्रोतले जनाएको छ ।