Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

पछिल्लो २४ घण्टामा २३७० संक्रमित थपिए, १८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा २३७० संक्रमित थपिए, १८ जनाको मृत्यु

  • सोमवार, आषाढ २८ २०७८

  • 771
    SHARES

  • पछिल्लो २४ घण्टामा २३७० संक्रमित थपिए, १८ जनाको मृत्यु

    काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ३७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ६८९ पीसीआर परीक्षणमा १ हजार ६९० जना र ३ हजार ८९५ एन्टिजेन परीक्षण गर्दा ६८० गरी सो संख्यामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख ५७ हजार १३९ पुगेको छ ।

    आज काठमाडौं उपत्यकामा ४३३ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौं जिल्लामा २८९, भक्तपुरमा ५४ र ललितपुरमा ९० छन् ।

    पछिल्लो २४ घण्टामा थप १८ जना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप १ हजार १३३ जना संक्रमित निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख २१ हजार २७ पुगेको छ । यस्तै मृत्यु हुनेको संख्या ९ हजार ४०० पुगेको छ ।

    पछिल्लो पटक ११ हजार ५८४ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३६ लाख ६१ हजार ८३६ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

    नेपालमा हाल २६ हजार ७ सय १२ जना सक्रिय संक्रमित रहेका छन् ।


    सोमवार, आषाढ २८ २०७८०५:३४:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij