Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

श्रीमतीलाई खुर्पाले हानेर घाइते बनाएका युवकले गरे आत्महत्या

श्रीमतीलाई खुर्पाले हानेर घाइते बनाएका युवकले गरे आत्महत्या

  • आइतवार, श्रावण ११ २०७७

  • 970
    SHARES

  • श्रीमतीलाई खुर्पाले हानेर घाइते बनाएका युवकले गरे आत्महत्या

    काठमाडौं । घरायासी विवादका क्रममा श्रीमतीलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएर एक पुरुषले आत्महत्या गरेका छन् ।एकआपसमा झगडा गर्ने क्रममा शनिबार राति श्रीमतीलाई खुर्पाले हानेर घाइते बनाएका चितवनको माडी ३३ वर्षीय धने विकले आइतबार बिहान आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेका हुन् ।

    माडी नगरपालिका–९ प्याउलीका विकले २९ वर्षीया श्रीमती शोभा विकलाई विवादका क्रममा खुर्पा प्रहार गरेका विकले बिहान आत्महत्या गरेका इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक हर्कबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

    श्रीमानले प्रहार गरेको खुर्पा रोक्न खोज्दा श्रीमतीको हातका औंला तथा कुहिनामा चोट लागेको र बिहान बिहान श्रीमतीले प्रहरीमा उजुरी गरेको थाहा पाएपछि उनी झुन्डिएको हुन सक्ने प्रहरीको अनुमान छ ।

    घाइते अवस्थामा रहेकी शोभाको प्राथमिक स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मृतक धनेको शवको मुचुल्का तयार गरी पोष्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक विकले बताउनुभयो ।


    आइतवार, श्रावण ११ २०७७०१:३६:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij