Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

काठमाडौँमा जोरबिजोर हट्यो, सबै सार्वजनिक सवारीसाधन खुल्ला

काठमाडौँमा जोरबिजोर हट्यो, सबै सार्वजनिक सवारीसाधन खुल्ला

  • आइतवार, आषाढ २० २०७८

  • 901
    SHARES

  • काठमाडौँमा जोरबिजोर हट्यो, सबै सार्वजनिक सवारीसाधन खुल्ला

    काठमाडौँ – कोरोना महामारीको जोखिम नियन्त्रण गर्न जारी गरिएको निषेधाज्ञाको २ महिनापछि काठमाडौँ उपत्यकामा निजी तथा सबै खालका सवारीसाधन चलाउन दिइने भएको छ । सँगै थप खुकुलो बनाउँदै असार मसान्तसम्म निषेधाज्ञा लम्ब्याइएको छ ।

    उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका सीडीओको संयुक्त बैठकले हाल कायम रहेको जोरबिजोर प्रणालीलाई खारेज गरेको छ ।

    त्यस्तै यसअघि २५ सिट क्षमताका सवारीसाधन मात्र अनुमति दिइएकोमा त्यसलाई हटाइएको छ । अब माइक्रो, टेम्पोसमेत चल्न पाउनेछन् ।

    काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजालले जारी गरेको आदेशमा मापदण्ड पालना गरेर साना तथा ठूला सबै सार्वजनिक सवारी सन्चालनको अनुमति दिइएको उल्लेख छ ।


    आइतवार, आषाढ २० २०७८०५:५९:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij