Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

निर्वाचनका लागि अर्थले दियो ७ अर्ब ७२ करोड खर्चको सहमति

निर्वाचनका लागि अर्थले दियो ७ अर्ब ७२ करोड खर्चको सहमति

  • शुक्रवार, आषाढ १८ २०७८

  • 1.1K
    SHARES

  • निर्वाचनका लागि अर्थले दियो ७ अर्ब ७२ करोड खर्चको सहमति

    काठमाडौँँ । अर्थ मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाख सम्म खर्च गर्ने गरी सहमति प्रदान गरेको छ ।

    प्रतिनिधि सभा सदस्य निर्वाचन २०७८ को सञ्चालन र व्यवस्थापनको लागि उक्त रकम निर्वाचन सामग्री लगायत अन्य सामाग्रीहरु खरिद तथा निर्वाचन व्यवस्थापनमा खर्च हुनेछ ।

    २०७८ साल कार्तिक २६ गते शुक्रवार पहिलो चरण र मंसिर ३ गते शुक्रवार दोस्रो चरण गरी दुई चरणमा सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने रकमको कुनै अभाव हुन नदिने गरी अर्थ मन्त्रालयले उक्त सहमति दिएको बताएको छ ।

     


    शुक्रवार, आषाढ १८ २०७८०४:३७:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij