Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

अदालतमा बहस चलिरहेका वेला प्रधानमन्त्रीले किन भेटे राष्ट्रपति ? यस्तो छ आशंका !

अदालतमा बहस चलिरहेका वेला प्रधानमन्त्रीले किन भेटे राष्ट्रपति ? यस्तो छ आशंका !

  • बिहिवार, आषाढ १७ २०७८

  • 1.2K
    SHARES

  • अदालतमा बहस चलिरहेका वेला प्रधानमन्त्रीले किन भेटे राष्ट्रपति ? यस्तो छ आशंका !

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्श गर्नुभएको छ । राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली आज दिउँसो राष्ट्रपति कार्यालय शीतलनिवास पुग्नुभएको थियो ।

    राष्ट्रपति र प्रधानमन्त्रीबीच झण्डै डेढ घण्टा छलफल भएको र सो भेटवार्ता नियमित भएको बालुवाटारनिकट स्रोतले जनाएको छ ।

    यद्यपि, संसद् विघटनविरुद्धको बहस सर्वोच्च अदालतमा चलिरहेका वेला प्रधानमन्त्रीले राष्ट्रपतिलाई भेटेको भन्दै कतिपयले यसलाई अर्थपूर्ण रुपमा दिएको बताएका छन् ।

    यसैबीच राष्ट्रपति भण्डारीले राष्ट्रियसभामा सम्बोधन गर्ने इच्छा व्यक्त गर्नुभएको छ । आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रपति भण्डारीले सभालाई सम्बोधन गर्न चाहेको जानकारी दिनुभएको थियो ।

    यता, एमालेका प्रमुख सचेतक विशाल भट्टराईले पनि राष्ट्रपतिले राष्ट्रियसभामा सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिनुभएको छ ।

    राष्ट्रपतिले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम पेश गर्ने व्यवस्था छ । तर प्रतिनिधिसभा विघटन भएकाले यसपटक सरकारका नीति तथा कार्यक्रम संसद्मा पेश भने भएन ।

     


    बिहिवार, आषाढ १७ २०७८०४:००:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij