काठमाडौं – आज नेपाली बजारमा सुनचाँदीकै मूल्य वृद्धि भएको छ । सुनको मूल्य अधिकतम ८ सय रुपैयाँले मूल्य वृद्धि भएको हो नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
गत मंगलबार र बुधबार भने सुनचाँदीको मूल्यमा क्रमिक रूपमा गिरावट आएको थियो ।

महासंघका अनुसार आज सुन प्रतितोला ८ सय रुपैयाँले वृद्धि हुँदै ९० हजार ८०० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, यता चाँदीको मूल्यसमेत गत बुधबारको तुलनामा प्रतितोला २० रुपैयाँले वृद्धि हुँदै १ हजार ३१० रुपैयाँ पुगेको छ ।
गत बुधबार बजारमा सुन प्रतितोला ९० हजार र चाँदी एक हजार २९० रुपैयाँमा कारोबार भएको थियो ।