Nov 17 2026 | २०८३, मंसिर २ गते

२०८३, मंसिर २ गते
  • यो साता चर्चामा :
images
एसइई :

विद्यालयले असार २० भित्र विद्यार्थीको प्राप्तांक पठाइसक्नुपर्ने

विद्यालयले असार २० भित्र विद्यार्थीको प्राप्तांक पठाइसक्नुपर्ने

  • सोमवार, जेठ ३१ २०७८

  • 854
    SHARES

  • विद्यालयले असार २० भित्र विद्यार्थीको प्राप्तांक पठाइसक्नुपर्ने

    काठमाडौं– गत वर्षको एसइईका लागि आन्तरिक मूल्यांकनलाई आधार बनाएको राष्ट्रिय परीक्षा बोर्डले आगामी असार २० भित्र विद्यार्थीको प्राप्तांक जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइमा पठाउन देशभरका विद्यालयलाई सर्कुलर गरेको छ ।

    बोर्डले आज सूचना प्रकाशित गरी प्राप्तांक विद्यालयले असार २० भित्र इकाइमा र इकाइले असार मसान्तभित्र बोर्डमा पठाइसक्नुपर्ने जनाएको हो ।

    असार अन्तिमसम्ममा सबै जिल्लाबाट अभिलेख आए त्यसको १५ दिनभित्र एसइईको अन्तिम नतिजा प्रकाशन गर्ने र प्रमाणपत्र जारी लगायतको काम बोर्डले गर्ने भएको छ ।

    कुनै अवरोध नभए बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आउँदो साउन १५ भित्र पूरा सार्वजनिक गर्न सक्ने र भदौदेखि कक्षा ११ को पढाइ सुरु गर्न सक्ने गर्ने गरी बोर्डले नतिजा प्रकाशनको तयारी गरेको जनाएको छ ।

     


    सोमवार, जेठ ३१ २०७८०१:५३:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij