Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

फ्रान्सका राष्ट्रपति म्याक्रोनमाथि किन हानियो झापड ?

फ्रान्सका राष्ट्रपति म्याक्रोनमाथि किन हानियो झापड ?

  • बुधवार, जेठ २६ २०७८

  • 911
    SHARES

  • फ्रान्सका राष्ट्रपति म्याक्रोनमाथि किन हानियो झापड ?

    एजेन्सी – फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनमाथि दक्षिणी फ्रान्सको भ्रमणका क्रममा एक व्यक्तिले हातपात गरेका छन् ।
    सडकमा उभिएका व्यक्तिसँग कुराकानी गरिरहँदा एक व्यक्तिले राष्ट्रपति म्यांक्रोलाई झापड हानेका हुन् ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार उक्त घटनालगत्तै राष्ट्रपति म्याक्रोनको सुरक्षा टोलीले परिस्थितिलाई नियन्त्रणमा लिएको थियो ।

    उक्त घटनामा संलग्न रहेको आरोपमा दुई व्यक्तिलाई सुरक्षाकर्मीले पक्राउ गरेको छ । फ्रान्सको राष्ट्रपति कार्यालयले जारी गरेको वक्तव्यमा ती व्यक्तिले राष्ट्रपतिलाई हिर्काउने प्रयत्न गरेको उल्लेख छ ।

    वक्तव्यमा राष्ट्रपतिको नियमित कार्यक्रम यथावत रहने बताइएको छ ।

    राष्ट्रपति म्याक्रोनलाई ती मानिसहरुले किन झापड हाने भन्ने तथ्य भने खुलिसकेको छैन । घटनाको अनुसन्धान भइरहेको फ्रेन्च प्रहरीले जनाएको छ ।

     

     


    बुधवार, जेठ २६ २०७८०३:२१:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij