Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

आज कुन जिल्लामा कति संक्रमित थपिए?

आज कुन जिल्लामा कति संक्रमित थपिए?

  • मंगलवार, जेठ २५ २०७८

  • 1.1K
    SHARES

  • आज कुन जिल्लामा कति संक्रमित थपिए?

    काठमाडौँ – पछिल्लो २४ घण्टामाथप ५१५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण १०८ जनाको मृत्यु भएको छ र ६५७० जना संक्रमणमुक्त भएका छन् ।

    पछिल्लो २४ घण्टामा १२ हजार ६५ पीसीआर परीक्षणमा ३८७० र ५६११ एन्टिजेन परीक्षणमा १२८३ जना गरी कुल ५१५३ जनामा संक्रमण पुष्टि भएको हो।

    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ११ हजार ३०८ पुगेको छ । जसमध्ये ५ लाख ४५ हजार ३० जना निको भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ८२ हजार ७३६ रहेको छ।

    कोरोना भाइरस संक्रमणबाट हालसम्म ८०९८ जनाको मृत्यु भएको छ ।

    कुन जिल्लामा कति संक्रमित थपिए?

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ८३६, झापामा ३१८, ललितपुरमा २६९, कास्कीमा २२०, मोरङमा १९१, सुनसरीमा १७१, भक्तपुरमा १२१, कैलालीमा १२०,मकवानपुरमा १०६ र सुर्खेतमा १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै पाल्पामा ९५, चितवनमा ८४, सर्लाहीमा ८२, रूपन्देहीमा ६८, दाङमा ६५, नुवाकोटमा ६२, दोलखामा ६०, सिन्धुलीमा ५२, गोरखामा ४९, काभ्रेपलाञ्चोकमा ४६, धादिङमा ४५, सिरहा र रसुवामा ४०र४० जना कोरोना संक्रमित थपिएका छन् ।

    तनहुँमा ३७, सिन्धुपाल्चोकमा ३३, रोल्पामा २९, सप्तरीमा २६, बैतडीमा २५, कञ्चनपुरमा २४, महोत्तरीमा २३, डोटीमा २२, कपिलवस्तुमा १९, नवलपरासी पूर्व, बाँकेमा १२ तथा धनकुटा, रौतहट, रामेछाप र दैलेखमा ११–११ जनामा कोरोना संक्रमण देखिएको छ ।

    यस्तै ओखलढुंगा, र अछाममा ९–९ जना, बारा, अर्घाखाँची, गुल्मी र जुम्लामा ८–८ जना, इलाम, उदयपुर र बर्दियामा ७र७ जना, भोजपुर र पर्सामा ५–५ जना, सोलुखुम्बु र कालिकोटमा ४–४ जना, तेह्रथुममा ३, खोटाङ,ताप्लेजुङ, संखुवासभा, प्युठान र रूकुम पश्चिममा २र२ जना तथा पाँचथर र सल्‍यानमा १र१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

    यस्तै १० वर्षमुनिका १०५ बाबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।


    मंगलवार, जेठ २५ २०७८०७:३७:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij