Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

पछिल्लो राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालेका छौँः प्रधानसेनापति थापा

पछिल्लो राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालेका छौँः प्रधानसेनापति थापा

  • आइतवार, जेठ २३ २०७८

  • 1.1K
    SHARES

  • पछिल्लो राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालेका छौँः प्रधानसेनापति थापा

    काठमाडौँ – संसद विघटनपछि सिर्जित परिस्थितिले सुरक्षा चुनौती ल्याउन सक्ने नेपाली सेनाले विश्लेषण गरेको छ।

    कार्यकालको एक हजार वर्ष पूरा भएको अवसरमा पत्रकारहरुसँग बोल्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले पछिल्लो राजनीतिक परिस्थितिले सुरक्षा चुनौती ल्याउन सक्नेमा सेना सजग र सतर्क हुनुपर्ने बताउनुभयो।

    ‘परिस्थितिहरुको संवैधानिक प्रक्रियाबाटै समाधान खोज्नुपर्छ’, थापाले भन्नुभयो । उहाँले सेनाले पछिल्लो राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालेको पनि बताउनुभयो।

    थापाले नेपाली सेना आफ्नो संवैधानिक दायित्वबाट बाहिर नजाने पनि बताउनुभयो। उहाँले भन्नुभयो, ‘हरेक संकटमा सेनाको दायित्व र जिम्मेवारी संविधानले प्रष्ट गरेको छ ।’

    सोही अवसरमा थापाले सेनामा नेतृत्व हस्तान्तरणको प्रक्रिया सुरु गरेको पनि जानकारी दिनुभयो।

    कार्यकाल सकिन तीन महिना बाँकी रहँदै उहाँले नेतृत्व हस्तान्तरणको प्रक्रिया सुरु गर्नुभएको हो । अन्तिम एक महिना बिदामा बस्ने परम्परा अनुरुप त्यसअगावै नेतृत्व हस्तान्तरणलाई निष्ठापूर्वक र विस्तृतरुपमा गरिने थापाले बताउनुभयो।

    सेनामा रथी प्रभुराम शर्मा थापाको उत्तराधिकारी बन्ने लाइनमा छन् ।

    यस्तै प्रधानसेनापति थापाले नेपाल कम्युनिष्ट पार्टी विप्लव समूह भविष्यमा फेरि द्वन्द्वको बाटोतिर नजाने सेनाको विश्वास रहेको बताउनुभयो।

     


    आइतवार, जेठ २३ २०७८०५:३२:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij