Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

नेकपा विवादः ओली–दाहालबीच दुई घण्टा छलफल

नेकपा विवादः ओली–दाहालबीच दुई घण्टा छलफल

  • शुक्रवार, श्रावण ९ २०७७

  • 879
    SHARES

  • नेकपा विवादः ओली–दाहालबीच दुई घण्टा छलफल

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार दुई घण्टा छलफल भएको छ । शुक्रबार बिहान ११ बजेदेखि १ बजेसम्म दुई अध्यक्षबीच बालुवाटारमा छलफल भएको हो ।

    पार्टीमा देखिएको विवाद समाधानका उपायबारे दुई अध्यक्षबीच छलफल भए पनि कुनै सहमति भए नभएकोबारे जानकारी बाहिर आएको छैन । केपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने विषयमा चुलिएको विवाद समाधान भइसकेको छैन।

    पछिल्लो समय अब महाधिवेशनपछि नेतृत्व फेर्ने कुरामा दुवै समूहबीच सहमति जुटेको बताइएका बेला ओली–दाहालबीच छलफल भएको हो ।


    शुक्रवार, श्रावण ९ २०७७०२:०६:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij