Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

कर्णाली प्रदेशको बजेट अधिवेशन २४ गते आव्हान

कर्णाली प्रदेशको बजेट अधिवेशन २४ गते आव्हान

  • शुक्रवार, जेठ २१ २०७८

  • 773
    SHARES

  • कर्णाली प्रदेशको बजेट अधिवेशन २४ गते आव्हान

    काठमाडौँँ । कर्णाली प्रदेशसभाको बजेट अधिवेशन जेठ २४ गतेका लागि बोलाइएको छ ।

    प्रदेश सरकारको सिफसिरमा आज प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले जेठ २४ गते बजेट अधिवेशनको आह्वान गर्नु भएको हो ।

    प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति निकालेर संविधानको धारा १८३ को उपधारा (१) बमोजिम अधिवेशन जेठ २४ गते दिउँसो २ बजेदेखि अधिवेशन सुरु हुने जानकारी दिएको छ । हिजो बसेको सर्वदलीय बैठकले प्रदेशसभाको वर्षे अधिवेशन अविलम्ब बोलाउन प्रदेश सरकारलाई आग्रह गरेको थियो ।

    असार १ गते प्रदेश सरकारले बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि नीति तथा कार्यक्रम र विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताबारे छलफल गर्ने प्रचलन छ।


    शुक्रवार, जेठ २१ २०७८०४:१८:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij