Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

संवैधानिक इजलासमा नागरिकता अध्यादेशविरुद्ध रिटमाथि सुनुवाइ सुरु

संवैधानिक इजलासमा नागरिकता अध्यादेशविरुद्ध रिटमाथि सुनुवाइ सुरु

  • शुक्रवार, जेठ २१ २०७८

  • 777
    SHARES

  • संवैधानिक इजलासमा नागरिकता अध्यादेशविरुद्ध रिटमाथि सुनुवाइ सुरु

    काठमाडौँ । नागरिकतासम्बन्धी अध्यादेशविरुद्ध परेका रिटमाथि सुनुवाइ सुरु भएको छ।

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले गठन गरेको वरिष्ठताका आधारमा संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो। राणाले आज आफूसहित प्रधानन्यायाधीशहरु दीपक कुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडासहितको संवैधानिक इजलास गठन गर्नु भएको छ ।

    नयाँ जारी गरेको नागरिकता अध्यादेशमा जन्मसिद्ध नागरिकका सन्तानले वंशजको आधारमा नागरिकता प्राप्त गर्न सक्ने र नेपाली नागरिक आमाबाट नेपालमा जन्म भइ नेपालमा बसोबास गरेको र बाबुको पहिचान हुन नसकेका व्यक्तिलाई वंशजका आधारमा नागरिकता दिने व्यवस्था गरेको छ।

    सरकारको सिफारिसमा राष्ट्रपति विध्यादेवी भण्डारीले ९ जेठमा नागरिकतासम्बन्धी अध्यादेश जारी गर्नु भएको थियो । लगत्तै तत्काल अध्यादेश कार्यान्वयन नगर्न माग गर्दै वरिष्ठ अधिवक्ता वोर्णबहादुर कार्कीसहित अधिवक्ता विष्णुकुमारी गिरी,रामबहादुर शाहीलगायतले सर्वोच्चमा रिट दिएका थिए।

    यसअघि प्रतिनिधिसभा विघटनविरूद्धको रिटमाथि सुनुवाई गर्न गठित संवैधानिक इजलासमाथि विवाद उठेको थियो । त्यसपछि प्रधानन्यायाधीश राणाले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्ने वचन दिनु भएको थियो । संसद् विघटनविरुद्धका रिटमाथि यही जेठ २३ गते सुनुवाइ हुने भएको छ ।


    शुक्रवार, जेठ २१ २०७८०१:२९:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij