काठमाडौं – नेकपा (एमाले) खनाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक जारी छ । कोरोना भाइरस महामारीका कारण बैठक अहिले भर्चुअल रुपमा बसिरहेको एक नेताले जानकारी दिए ।
एमालेको मूल नेतृत्वले भने खनाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक कानुन र विधानविपरीत भन्दै सहभागी नहुन निर्देशन दिएको छ ।
यस्तै, आजै अध्यक्ष केपी शर्मा ओली समूहको स्थायी कमिटी बैठक पनि बस्दै छ ।
बुधबार बस्ने भनिएको बैठक अन्तिम समयमा आजका लागि सारिएको थियो ।
प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे डाकिएको बैठकमा पार्टी एकता जोगाउने विषयमा छलफल हुने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
यसअघि मंगलबार बसेको बैठकले पार्टी एकताका लागि अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको थियो । तर, पार्टी एकता जोगाउन २०७५ जेठ २ गतेको कमिटी यथावत राखेर अघि बढ्नु पर्ने माधव कुमार नेपाल पक्षधर नेताहरुको अडान छ ।