काठमाडौं । नेपाली बजारमा आज सुन-चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।
आइतबार प्रतितोला छापावाला सुनको मूल्य ९४ हजार रहेको थियो । आज तोलामा २ सयले वृद्धि भइ छापावाला सुन ९४ हजार २ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य ९३ हजार ७ सय रहेको छ ।
आइतबारको तुलनामा आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले वृद्धि भएको छ । आइतवार प्रतितोला चाँदी १३ सय ५५ रहेकोमा आज मूल्य वृद्धि भइ १३ सय ६० कायम भइ कारोबार भइरहेको छ ।