काठमाडौं । बरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले रन्जन कोइरालाई कैद छुट गर्ने फैसलाले अदालतप्रतिको विश्वासमा ह्रास आउनु चिन्ताजनक विषय भएको बताउनु भएको छ ।
अदालतप्रतिको विश्वास नै अदालतको सवैभन्दा ठूलो सम्पत्ति भएकाले अदालतप्रतिको विश्वासमा ह्रास आउदा दिर्घकालिन असर पर्ने उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
न्यायधिशले अपराधको प्रकृति हेरेरसजाय कटौती गर्न सक्ने कानुनी व्यवस्था भएपनि अहिलेको निर्णयले आम नागरिकमा अदालतप्रति नकारात्मक भावना बढेको उहाँले बताउनुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा उहाँले भन्नुभयो, “यसरी सजाय कटौती गरेका घटना हजारौँ छन्, तर अहिलेको घटनाले अदालतप्रतिको विश्वासलाई नै घटाईदिएको छ, यो सवैभन्दा चिन्ताको विषय हो ।
न्यायाधिशको स्वविवेकीय अधिकारको दुरुपयोग भयो भन्ने आम नागरिकको आशंका बारे अदालत सचेत हुनु पर्ने र नागरिकले पनि खबरदारी गर्नु पर्ने उहाँको भनाई छ ।”