Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

पत्रकारलाई निशुल्क उपचार, ७ लाख सम्मको दुर्घटना बीमा

पत्रकारलाई निशुल्क उपचार, ७ लाख सम्मको दुर्घटना बीमा

  • शनिवार, जेठ १५ २०७८

  • 771
    SHARES

  • पत्रकारलाई निशुल्क उपचार, ७ लाख सम्मको दुर्घटना बीमा

    काठमाडौँ – सरकारले श्रमजीवी पत्रकारका लागि ७ लाख सम्मको दुर्घटना बीमा गरी प्रिमियमका ५० प्रतिशत रकम बेहोर्ने व्यवस्था मिलाएको छ।

    शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले श्रमजीवी पत्रकारहरुका लागि ७ लाखसम्मको दुर्घटना बिमा गर्ने भन्दै यसका लागि बिमा शुल्क सरकारले तिर्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो।

    यस्तै आगामी साउन १ गतेदेखि नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई प्रेस काउन्सिलले जारी गरेको उपचार सुविधा परिचयपत्रको आधारमा देशभित्रका सबै सरकारी स्वास्थ्य संस्थामा निशुल्क उपचारको व्यवस्था समेत मिलाइएको पौडेलले जानकारी दिनुभयो।

    यस्तै पत्रकार कल्याणकारी कोष ३ महिनाभित्र कार्यान्वयनमा ल्याईने मन्त्री पौडेलले जानकारी दिनुभयो।


    शनिवार, जेठ १५ २०७८०६:२३:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij