Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

कोरोना अपटेड : संक्रमितभन्दा निको हुनेको संख्या झन्डै तीन हजार बढी, ९६ जनाको मृत्यु

कोरोना अपटेड : संक्रमितभन्दा निको हुनेको संख्या झन्डै तीन हजार बढी, ९६ जनाको मृत्यु

  • शुक्रवार, जेठ १४ २०७८

  • 697
    SHARES

  • कोरोना अपटेड : संक्रमितभन्दा निको हुनेको संख्या झन्डै तीन हजार बढी, ९६ जनाको मृत्यु

    काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार ८ सय २१ जनाले कोरोना भाइरस (कोभिड–१९) जितेका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना जित्नेको संख्या चार लाख २८ हजार ६७० पुगेको छ । एकै दिन संक्रमणमुक्त हुने यो अहिलेसम्मकै धेरै संख्या हो ।

    त्यसैगरी २४ घण्टामा ६ हजार ९५१ जना संक्रमित थपिएका छन् । १९ हजार ३१३ पीसीआर परीक्षणमा ६ हजार ८५५ र ७९७ एन्टिजेन परीक्षणमा ९६ जना गरी ६ हजार ९५१ जनामा संक्रमण पुष्टि भएको हो ।

    यस्तै, आज थपिएका संक्रमित मध्ये काठमाडौँ उपत्यकामा मात्र २ हजार ३ सय २४ जना रहेका छन् । काठमाडौँमा १ हजार ७ सय ९६ , भक्तपुरमा २१३ र ललितपुरमा ३१५ जना कोरोना संक्रमित भेटिएका हुन् । यो सँगै नेपालमा कुल संक्रमितको संख्या पाँच लाख ४९ हजार ११९ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतक संख्या पनि घटेर १०० भन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९६ जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ७ हजार ४७ पुगेको छ ।

    अहिले सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ३९४ मा झरेको छ ।


    शुक्रवार, जेठ १४ २०७८०४:३२:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij