Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

सरकारले आज आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै, भोलि बजेट ल्याउने

सरकारले आज आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै, भोलि बजेट ल्याउने

  • शुक्रवार, जेठ १४ २०७८

  • 1.0K
    SHARES

  • सरकारले आज आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै, भोलि बजेट ल्याउने

    काठमाडौं । सरकारले आज आर्थिक सर्वेक्षण सार्वजनिक गर्दैछ । अर्थ मन्त्रालयका अनुसार आज दिउसो २ बजे मन्त्रालयबाटै आर्थिक सर्वेक्षण सार्वजनिक गरिनेछ ।

    आगामि आर्थिक वर्ष २०७८ ÷ ७९ को बजेट भने भोलि सार्वजनिक गरिदैछ । सरकारले अध्यादेशमार्फत ल्याउन लागेको बजेटको आकार १६ खर्ब आसपासको हुनेछ ।

    बजेटका अधिकांश कार्यक्रम कोभिड केन्द्रित हुनेछन् । विपक्षीहरुले कामचलाउ सरकारले पूर्ण बजेट ल्याउन नसक्ने दावी गरिरहेका बेला सरकारले ठूलो आकारको बजेट ल्याउने तयारी गरेको हो ।

    गत वर्ष कोभिडकै कारण बजेटको आकार घटाउदै १४ खर्ब ७४ अर्बको बजेट ल्याईएको थियो । यस वर्ष भने स्रोतको संकटकै बीच बजेटको आकार बढाउने मन्त्रालयले तयारी गरेको छ । स्रोत व्यवस्थापनका लागि आगामी बजेटमा राजस्व २० प्रतिशत बृद्धि गर्ने लक्ष्य राखिएको छ ।

    त्यस्तै आन्तरिक ऋणको सीमा पनि ५ प्रतिशतको हाराहारीमा बृद्धि गरिनेछ । आगामी बजेटमा सरकारले चुनाव केन्द्रित केही लोकप्रिय कार्याक्रमहरु समावेश गर्ने अनुमान गरिएको छ ।

    वृद्धभत्तासहित सामाजिक सुरक्षाभत्ता ५ हजारसम्म पु¥याउने, कर्मचारीको तलव २० प्रतिशतले बढाउने, उद्योगी–व्यवसायीलाई राहत दिने, युवा केन्द्रित लोकप्रिय कार्यक्रमहरु आगामी बजेटमा प्रस्तुत गर्न लागिएको अर्थमन्त्रालयले बताएको छ ।


    शुक्रवार, जेठ १४ २०७८१०:१९:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij