Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

रानाथारु समुदायका महिलाहरुले आज तीज मनाउँदै

रानाथारु समुदायका महिलाहरुले आज तीज मनाउँदै

  • बिहिवार, श्रावण ८ २०७७

  • 1.1K
    SHARES

  • रानाथारु समुदायका महिलाहरुले आज तीज मनाउँदै

    कञ्चनपुर र कैलालीमा बसोवास गर्दै आएका रानाथारु समुदायका महिलाहरुले आज (बिहिबार) महत्वपूर्ण पर्व तीज मनाउँदै छन् । हरेक वर्ष श्रावण शुक्ल पक्षको तृतीया तिथिका दिन रानाथारु समुदायले तीज पर्व मनाउने गर्दछन् । रानाथारु समुदायले तीजलाई दिदीबहिनी र दाजुभाइको आत्मीयता बढाउने महत्वपूर्ण पर्वका रुपमा लिने गर्दछन् ।

    रानाथारु गाँउमा तीज पर्वको आगमन संगै दाजुभाइले दिदीबहिनीहरुका लागि पिङ्ग राख्ने चलन समेत रहेको छ भने दिदीबहिनीहरुले बिस्तारै पिङ्ग खेल्दै मांगलिक गीतहरु गाउने गर्दछन् । पिङ्गलाई रानाथारु भाषामा डोला भन्ने गरिन्छ । दिदीबहिनीले पानी समेत नपिएर निराहार ब्रत बसी दाजुभाइको दीर्घायुको कामना गरी प्रसादका रुपमा परम्परागत पकवान सिमही, पपरा, पुरी, गुलगुला बनाउने गर्दछन् ।

    यसैबीच, रानाथारु समुदायको महत्वपूर्ण पर्व तीजका अवसरमा शुभकामना व्यक्त गर्दै प्रतिनिधि सभा सदस्य नारद मुनी रानाले रानाथारु समुदाय अलग्गै सूचिकृत र भाषा आयोगमा समेत रानाथारु भाषाले स्थान पाइसकेकोले अब रानाथारु समुदायको मौलिक कला, संस्कृति र भेषभुषालाई संरक्षण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

    त्यस्तै, नेपाल रानाथारु समाजका केन्द्रीय अध्यक्ष तथा पूर्वसांसद एवं संविधान सभा सदस्य कृपाराम रानाले शुभकामना व्यक्त गर्दै साउन महिनामा रानाथारु समुदायले मनाउने तीजका गीतहरु लोप हुने अवस्थामा पुगेपछि युवाहरुलाई संस्कृति जोगाउनका लागि प्रेरित गर्न ‘पहिलो रानाथारु सामन कि गीत प्रतियोगिता’ समेत आयोजना गरिएको जानकारी दिनुभएको छ ।


    बिहिवार, श्रावण ८ २०७७०४:३८:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij