Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

कर्णाली प्रदेशमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि

कर्णाली प्रदेशमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि

  • बिहिवार, श्रावण ८ २०७७

  • 1.1K
    SHARES

  • कर्णाली प्रदेशमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि


    सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप ३० जना कोरोना संक्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र दैलेख अस्पतालमा रहेको प्रयोगशालामा भएको परीक्षणबाट बिहीबार थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    बिहीबार (आज) पुष्टि हुने संक्रमितमध्ये दैलेखका २४ जना, सुर्खेतका ५ र सल्यानका एकजना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । दैलेखको आठबीस नगरपालिका वडा नम्बर १ का दुई महिलासहित ११ जना रहेका छन् । उनीहरु ४ देखि ४१ वर्षका छन् । सोही नगरपालिकाको वडानम्बर ७ का एकजना पुरुष संक्रमित भएका छन् ।

    यस्तै, दैलेखकै महाबु गाउँपालिका –१ का १४ देखि ७३ वर्षका ८ जना पुरुष रहेका छन् । महाबुकै वडानम्बर ३, ४ र ५ का ४९ देखि ७० वर्षका तीनजना पुरुष पनि संक्रमित भएका छन् । दैलेखका अर्का एकजना संक्रमित डुङ्गेश्वर गाउँपालिका–१ का पुरुष हुन् ।

    यस्तै सुर्खेतका संक्रमित भेरीगंगा नगरपालिका १, ४ र ८ नम्बर वडाका तीनजना पुरुष र चौकुन गाउँपालिका वडानम्बर ७ का दुई महिला रहेका छन् । एकजना सल्यानको छत्रेश्वरी गाउँपालिका–३ का ३८ वर्षीय पुरुष रहेका छन् । यससँगै कर्णालीमा कोरोना स्क्रमितको संख्या १८१३ पुगेको छ ।

    हालसम्म प्रदेशमा १५५२ जना संक्रमित डिस्चार्ज भएका छन् । बिहीबारमात्रै ६ जना डिस्चार्ज भएका हुन् । कर्णालीमा आइसोलेसनमा रहेका संक्रिय संक्रमितको संख्या २५५ रहेको छ भने ६ जनाको मृत्यु भइसकेको छ ।


    बिहिवार, श्रावण ८ २०७७०४:२०:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij