Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

‘यास’ नामको चक्रवातको प्रभाव, देशका धेरै भागमा वर्षा

‘यास’ नामको चक्रवातको प्रभाव, देशका धेरै भागमा वर्षा

  • बुधवार, जेठ १२ २०७८

  • 992
    SHARES

  • ‘यास’ नामको चक्रवातको प्रभाव,  देशका धेरै भागमा वर्षा

    काठमाडौं । हाल नेपालको मौसममा बंगालको खाडीमा बनेको यास नामको चक्रवातको आंशिकप्रभाव छ। जसले गर्दा मंगलबार बिहानदेखि नै देशकाविभिन्न स्थानमा वर्षा जारी छ ।

    उता भारतमा आज यास चक्रवात बज्रिन आइपुग्ने अनुमानले बंगाल र ओडिसाका लाखौं नागरिकलाई सुरक्षित स्थानमा सारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

    चक्रवातको आंशिक प्रभाव मात्रै नेपालमा परेको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ ।

    आजदेखि वर्षाअझ बढ्दै जाने र कम्तीमा शुक्रबारसम्म जारी रहने देखिएको महाशाखाले जनाएको छ।

    यस अवधिभर सतर्कता अपनाउन, पर्वतारोहणमा नजान भनेर मौसमविद्ले यसअघि नै पटकपटक विशेष मौसम बुलेटिन जारी गरेर सचेत गराइसकेका छन्।


    बुधवार, जेठ १२ २०७८०८:५०:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij