Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

कांग्रेस सभापति देउवा र प्रधानमन्त्री ओलीबीच भेटवार्ता, के भयो त कुराकानी ?

कांग्रेस सभापति देउवा र प्रधानमन्त्री ओलीबीच भेटवार्ता, के भयो त कुराकानी ?

  • बिहिवार, श्रावण ८ २०७७

  • 810
    SHARES

  • कांग्रेस सभापति देउवा र प्रधानमन्त्री ओलीबीच भेटवार्ता, के भयो त कुराकानी ?

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज भएको भेटमा काग्रेस सभापति देउवाले कोरोना र बाढी पहिरोका सम्बन्धमा सरकारकार ध्यानाकर्षण गराउनुभएको हो ।

    कोरोना संक्रमितको संख्या २० हजार पुग्न लागेको र ४२ जना भन्दा बढिको मृत्यु भएको अवस्थामा लकडाउन खुलेपछिका चुनौती सामना गर्न नयाँ र विशेष रणनीति बनाउनका लागि देउवाले नेपाली कांग्रेसका तर्फबाट माग गर्नुभएको छ ।

    उहाँले पीसीआर प्रविधिबाट परीक्षण मात्रै गर्न आग्रह गर्दै क्वारेन्टाइन अझै पनि मापदण्डयुक्त बनाउन सरकारले ध्यान नदिएकोमा आपत्ति जनाउनुभयो । विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्ने कार्यमा तीव्रता दिन पनि आग्रह गर्नुभएको छ ।

    बाढी–पहिरो पीडितको उद्धार, राहत र पुनर्स्थापनाका लागि युद्धस्तरमा काम गर्न र कोरोनाबाट उब्जिएका समस्याहरुलाई गम्भीरतापूर्वक लिएर सम्बोधन गर्न पनि उहाँले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको छ ।


    बिहिवार, श्रावण ८ २०७७०३:३९:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij